DHO

३१ औँला भएको बच्चा जन्मियो

32-thumb

काठमाडौं, ३१ असार ।
तपाईको हात र खुट्टाका गरी जम्मा कतिवटा औँला छन् ? पक्कै पनि यसको उत्तर बीस हुनेछ, यदि अपवादलाई छोडिदिने हो भने । तर, चीनमा एकजना यस्तो अनौठो बच्चाको जन्म भएको छ, जसको हात र खुट्टाका गरी जम्मा ३१ वटा औँला छन् । हुनान प्रान्तको पिंगजंग्ची काउन्टीमा जन्मिएको हंगकंग नामक उक्त बालकको दुइ हातमा गरी १५ र दुइ खुट्टामा गरी १६ औँला अर्थात् कुल ३१ औँला छन् ।

जनवरी, २०१५ मा जन्मिएको यो बालकमा यसरी धेरै औँला हुनुलाई चिकित्सा भाषामा ‘पोलिडेक्टाइलिज्म’ भनिन्छ । मानिस, कुकुर तथा बिरालो लगायतमा यो समस्या जन्मजात नै देखिने गरेको छ चिकित्सकहरू बताउँछन् । जसका कारण हात खुट्टामा अतिरिक्त औँला पलाएका हुन्छन् । वैज्ञानिकहरुका अनुसार, विश्वमा प्रतिहजार जन्ममा एकजना बच्चामा यस्तो बढी औँला पलाउने समस्या हुन्छ । प्रायः यस्ता अतिरिक्त औँलाहरुलाई सर्जरी गरेर काटिन्छ । ३१ औँला भएको यो बच्चाका अतिरिक्त औँलाहरु हटाउने उपचारका लागि उसका आमाबाबुले आर्थिक सहयोगको खोजी गरिरहेका छन् । यो बच्चाकी आमामा पनि यस्तै समस्या छ । उनका खुट्टामा ६–६ वटा औँला छन् । बच्चा गर्भमै छँदा आमा छोरामा पनि आफ्नो जस्तै समस्या होला कि भनेर चिन्तित हुन्थिन्, नभन्दै त्यस्तै भयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • चम्चा डुबाउँदा ठाडै हुने अनौठो चिया
  • ३१ औँला भएको बच्चा जन्मियो
  • स्मार्ट फोनपछि अब आउँदैछ ‘स्मार्ट सुज’
  • समाधिबाट ८ दिनपछि उठे बाबा
  • पहिलोपटक गाईले दुइ बाच्छा जन्माए
  • अन्तरीक्षमा पहिलोपटक फूल फुल्यो
  • बिहेमा दाइजो एक रूपैयाँ !
  • डाक्टरले मुक्का हान्दा विरामी खुत्रुक्कै !