Facebook Twitter Google+
DHO

समाधिबाट ८ दिनपछि उठे बाबा

समाधि

वैशाख ४, २०७३- ९ दिनअघि समाधीमा बसेका भनिएका पोखराका श्रीवैष्णव कृष्णदासलाई आज समाधीबाट निकालिएको छ । रामघाटस्थित नरनारायण बाबा आश्रममा चैत २५ गतेदेखि उनी समाधीमा बसेका थिए ।

शुक्रबार बिहान २ सय १६ घन्टापछि उनलाई बन्द गरिएको काठको बाकसबाट बाहिर निकालिएको हो । यस अवसरमा मन्दिर परिसरमा दसौं हजारको उपस्थिति थियो । समाधीबाट उठेपछि उनले आफू मातृभूमिका लागि समाधीमा बसेको बताए । कान्तिपुरमा समाचार छ ।

उनले बिना अक्सिजन यसरी ९ दिनसम्म बस्नु कुनै चमत्कार नभएर योगबाट प्राप्त क्षमता भएको भन्दै उनले आफ्ना भक्तजनलाई नआत्तिइकन बस्न भनेका थिए ।

कुनै पनि प्वाल नभएको काठको बाकसमा उनलाई सुताइएको थियो । बाहिरबाट चाबी लगाएर बन्द गरिएको बाकसलाई बालुव र माटोले पुरिएको र माथिपट्टी एक फिट माटो राखेर जमरासमेत उमारिएको बताइएको थियो । यसबारे वैज्ञानिक वा चिकित्सकले भने केही बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • कान र जिब्रा काटिएका ‘सुगा-म्यान’
  • चम्चा डुबाउँदा ठाडै हुने अनौठो चिया
  • ३१ औँला भएको बच्चा जन्मियो
  • स्मार्ट फोनपछि अब आउँदैछ ‘स्मार्ट सुज’
  • समाधिबाट ८ दिनपछि उठे बाबा
  • पहिलोपटक गाईले दुइ बाच्छा जन्माए
  • अन्तरीक्षमा पहिलोपटक फूल फुल्यो
  • बिहेमा दाइजो एक रूपैयाँ !