सुदूरपश्चिमका पहाडी जिल्लामा ६ महिना देखि अत्यावश्यक औषधि आपूर्ति ठप्प

मा प्रकाशित


धुर्ब बिष्ट
डडेल्धुरा, फाल्गुन २१, डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा ६ महिना देखि अत्यावश्यक औषधि आपूर्ति ठप्प छ । टेन्डर मार्फत औषधि खरिद गर्ने प्रक्रिया झन्झटिलो भएको र नाकाबन्दीमा औषधि उत्पादन कम्पनीले समयमै आपूर्ति नगर्दा ठप्प भएको हो । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अनिवार्य हुनु पर्ने सिटामोल, क्लोफन्टामाइन, एमक्लोर, डाइजिन, एन्टिबायोटिक, आइरन चक्की, जिंक, अक्सिटोसिन, डाइजिन जस्ता औषधि सकिएको ६ महिना भन्दा बढी भएको छ । मष्टमाण्डौं स्वास्थ्य चौकीका प्रमुख कबिन्द्र बिष्टका अनुसार ३५ प्रकारका औषधि हुनु पर्नेमा कुनै पनि औषधि स्वास्थ्य चौकीमा पुग्न नसकेको बताइएको छ ।

औषधि खरिदको कार्यादेश नै ढिलो आएकाले समस्या भएको उहाँले बताउनु भयो । यस्तै उता डोटीको दुर्गम मन्नाकापडी स्वास्थ्य चौकीका प्रमुख योगेन्द्र शाहीले तेल र नाकाबन्दीका कारण औषधि आपूर्ति हुन नसकेको जवाफ आउने गरेको बताउनु भयो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरूले औषधि अभावका विषयमा नाकाबन्दी र इन्धनको समस्या देखाउने गरेका छन । खरिद प्रक्रियामा भएको ढिलाईका कारण औषधि अभाव भएको जनस्वास्थ्य कार्यालयहरुले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: