यथार्थता र वास्तविकतामा : सहरीया जीवनभित्रको पोखरा

मा प्रकाशित


नगेन्द्रराज पौडेल
यसो त अहिले सबै ठाउँको जनजीवन विभिन्न कारणले अस्तव्यस्त छ । त्यसमा पनि बग्रेल्ती सुख र सुविधाको सपना बोकेको शरहीया जीवन आफ्नै खाले विषम समस्याको कारण पट्यारिलो बनेको छ । संसारकै सुसभ्य भनिने पश्चिमा मुलुक होस वा खाडी मुलुक जहाँ गएर भएपनि फर्केपछि शहरयिा जीवनको लतले छोएकै हुन्छ । यही क्रममा आजको शहरी दुनिया बढी भिडभाडयुक्त देखिन्छ ।

जनघनत्व बढेसँगै चोरी,डकैती तथा असमाजिक क्रियाकलापले समाजमा प्रश्रय पाउँछ । सोझासाझाहरु हराउँछन ,विकृति र विसंगतिले जरा गाडछ । हुँदा हुँदा समाजमा व्यक्ति,परिवार वा समुदायलाइ पिरल्नेहरु क्रमशः नागरिकका लागि राज्यप्रदत्त सेवा सुविधा हडप्न,चोर्न वा कानुन हातमा लिई समाजमा मनोपोली गरी सरकारसमेतलाई चुनौती दिएको उदाहरण छ्याप्छ्याप्ती पाउन सकिन्छ ।

यस्ता केही उदण्ड कामहरुको फेहरिस्तमा सार्वजनिक जग्गा हडप्ने,बाटो मिचेर घर बनाउने, तारबाट बिजुली चोरी गर्ने, खानेपानीको मिटर झिकी सीधै धारा जडान गर्नेजस्ता दर्जनौ बदमासीहरुलाई लिन सकिन्छ ।

उदण्डता,बदमासी वा असमाजिक क्रियाकलापको अन्त्य गर्न सहज नहोला तर सरकारी संयन्त्रले यस्ता कार्यलाइ टेवा नदिन र मौजुदा ऐन नियमको कडाइका साथ पालना गरिदिने हो भने तत्काल यस्ता गतिविधिमा न्युनता ल्याउन सकिन्छ । उही नियम उही कानुनभित्रका अच्युत खरेल र रमेश खरेललाइ यस सन्दर्भमा उदाहरणीय पात्रका रुपमा लिन सकिन्छ र सामाजिक न्याय कायम गराउने सन्दर्भमा उनीहरुले खेलेको भुभिका आजपर्यन्त अब्बल दर्जामा दरिन्छ ।

पोखरा पनि एउटा सुव्यवस्थित सहरका रुपमा आफुलाइ चिनारी गराउन उद्दत त देखिन्छ तर सहरभित्रका यावत गतिविधिलाइ हेर्दा अपराधीहरुको आश्रयस्थल त हैन भन्नुपर्ने अवस्था सृजना भएो छ । यसो त कविले वणर्न गर्ने प्रकृतिरम्य पोखरा अतीतको सुमिता,नमतिादेखि हालसालैको रिहा पुनसम्मको विभत्स हत्याको रगतले पोतिएको सहर पनि त हो ।

यी बाहेक व्यक्तिले सरकारी ऐन,नियम वा मापदण्डको सीधै बर्खीलाप हुनेगरी बनाएका गगनचुम्बी महल, विदेसीलाई चिनाउनलायक फेवातालमा मिसाइएका ठुलाबडाका ढल,पोखरीदेखि खोल्साखाल्सीमिेत समाजका रैथाने भनिनेहरुबाट मिची आफ्नो हकभोकका लागि सरकारी निकायसमेतलाई प्रभावमा पारी कब्जामा लिइएको स्थितिलाइ हेर्दा पोखरा ठुलाबडाको शहरका रुपमा चित्रित हुन पुगेको पाइन्छ ।

लिन जान्ने दिन नजान्ने यहाँको आदत बनको छ । खाना पाउने ग्याँसको चरम अभाव झेलिरहेको अवस्थामा नगर पालिकाले बनाउन लगाएको ग्याँस कार्डसमेत नबनाइ यसलाइ घरभाडा कर उठाउने नगरपालिकको षडयन्त्र हो भनी चौतारी गफ पिटने यहाँका सभ्रान्तहरु दिन नभएर लिनमात्र जानेका छन । जग्गाको एककिृत होस वा फोहोर कर कुनै न कुनै बाहनामा नतिर्ने प्रवृत्ति हावी छ र नगरपालिका पनि यस्ताहरुका हकमा केही भन्न वा गर्न सक्दैन ।

सोझाकी पत्नी सबैकी भाउजु अर्थात् जो निमुखो छ उही चारैतिरबाट प्रताडित पनि छ । यो यहाँको र प्रायः सहरीया जीवनको विषेषता नै हो तथापी हातको भाउमा जग्गा बेचेर शैलुन जानका लागि मोटरसाइकल किन्ने एकाध रैथानेहरुसँग अरबको खाडी होस वा मरीहत्तेगरी लोकसेवा पास गरेका जागिरेहरुसमेतले नसक्ने प्रतिष्पधा गरेकै छन ।

कतै घरको साँध सीमा त कतै जग्गाको आँठो जाेिडनुका कारण पाएको सास्तीका भुक्तभोगीहरु यहाँ यथेष्ठ छन । तसर्थ सौम्य,शान्त र सुन्दर सहरका रुपमा पोखरालाइ विकसित गर्न हामीले हाम्रो आचरणमा परिवर्तन ल्याउन तथा सरकारी निकायले नियम र कानुनको कडाइकासाथ परिपालनामा जोड दिन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: