भिरबाट खसेर डडेल्धुरामा गर्भवति महिलाको मृत्यु

मा प्रकाशित


ललित बोहरा
डडेल्धुरा ,चैत २, डडेल्धुराको मणिलेक गाबिसमा भिरबाट खसेर आज एक गर्भबति महिलाको ज्यान गएको छ ।

घाँस काटने क्रममा रढुवाको भिरबाट खसेर ३० बर्षीया जमुना भुलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

मृतक भुललाई उपचारको लागी उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ल्याउने क्रममा बाटोमा नै ज्यान गएको मृतकका आफन्तले जानकारी दिएका छन ।

मृतकको श्रीमान कामको शिलशिलामा भारत गएका छन भने घरमा ५ बर्षिय छोरा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: