बाल बिवाह हटाउन बाजे देखि नातिसम्मको सम्बाद

मा प्रकाशित


कविता बोहरा
बैतडी, चैत्र ०२, बालविवाह न्यूनीकरणका लागि बैतडी सिद्धेश्वरमा बाजे पुस्ता देखि नाती पुस्तासम्मको अन्तरपुस्ता सम्वाद कार्यक्रम आयोजना गरिएको छ । समाजका लागि चुनौतीपुर्ण बन्दै गइरहेको बालबिवाह हटाउन किशोरावस्थाका बालिकाहरु देखि ७० बर्षका बृद्धहरुलाई एकै ठाउँमा राखेर अन्तर सम्बाद कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, महिला तथा बालबालिका अधिकृत अनिता बुढाऐर, प्रहरी प्रमुख मोहन पोखरेल तथा संयुक्त राष्ट्र संघिय जनसंख्या कोषका प्रतिनिधीहरुको सहभागिता थियो ।

महिला तथा बालबालिका कार्यालय पाटन र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा अन्तरपुस्ता सम्वाद भएको हो । अन्तरपुस्ता सम्वाद कार्यक्रममा जिल्लाका १० गाबिसका किशोरी बृतका ३५ जना किशोरी, बालबिवाहमुक्त घोषणाको तयारीमा रहेको सिद्धेश्वर गाबिसका ५० जना किशोरी तथा एक यस भन्दा बढी स्थानीय बृद्ध, महिला तथा सर्बसाधारणहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रममा सहभागी किशोरीरुले बालबिवाह बिरुद्धको अभियानमा सबैभन्दा बढी सुरक्षा चुनौती देखा परेको बताएका थिए । बालबिवाह रोक्न खोज्दा आफूहरुमाथि धम्की आउने गरेको हटैराजकी १७ बर्षिया किशोरी मानमती टेलरले बताउनुभयो । अशिक्षा, जनचेतनाको अभाव तथा परम्परागत सँस्कारका कारणले बालबिवाह नियन्त्रण गर्न गाह्रो भइरहेको उनको भनाई थियो ।

जन्म कुण्डली अनुसार बिवाह गर्दा उमेर पुगेको देखिने गरेपनि गाबिस तथा विद्यालयको प्रमाण पत्रमा उमेरको नपुग्दा आफ्ना छोराछोरीको बिहे गर्दा किशोरी बृतले दुःख दिने गरेको बुढापाकाहरुको भनाई थियो ।
कार्यक्रममा बैतडी जिल्लालाई आगामी २०७५ को असाढमसान्त सम्म बालबिबाहमुक्त घोषणा गर्ने सरोकारवालाले प्रतिबद्धता जनााएका छन् ।

अन्तरपुस्ता सम्वादमा बालविवाहका कारण, असर र न्यूनीकरणका बारेमा बृहत छलफल भएको छ । आगामी चैत्र १० गते काठमाण्डौंमा हुने प्रथम राष्टिय बालिका सम्मेलनलाई सफल पार्नका लागि पनि अन्तरपुस्ता सम्वादको आयोजना गरिएको र बैतडीबाट चार जना किशोरीहरुले भाग लिने कार्यक्रम रहेको संयुक्त राष्ट्र सघिंय जनसङ्ख्या कोष बैतडीका जिल्ला अधिकृत गणेश शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: