डडेल्धुरामा हात्तिपाइले रोगका संक्रमितहरुको संख्या घट्दै

मा प्रकाशित


धुर्ब बिष्ट
डडेल्धुरा, फाल्गुन १९, पछिल्लो समय डडेल्धुरा जिल्लामा हात्तिपाइले रोगका संक्रमितहरुको संख्या घट्दै गएको छ । डडेल्धुरामा सन २०११ मा गरेको (डेमोग्राफि सर्भे) जनसाङ्ख्यिक सर्बेक्षणका अनुसार अनुमानित ६ प्रतिशत अर्थात २५ जना सङ्क्रमित भएकोमा अहिले ४ जना मात्रै रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल निरिक्षक दिपेन्द्र रावलले बताउनुभयो ।

जसमा डडेल्धुराको रुपाल, मष्टामाण्डौ, नवदुर्गा र बेलापुरमा एक–एक गरि ४ जनामा हात्तिपाइले रोगको सङ्क्रमण देखिएको उहाँले जानकारी दिनु भएको छ । हात्तिपाइले रोगबाट बच्न हात्तिपाइले रोग बिरुद्धको औषधि नछुटाइ खानुपर्ने र पोथी लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: