गुफामा मृत फेला परेका ब्यक्तिको लास निकाल्न कठिनाई

मा प्रकाशित


बैतडी, ४ चैत । बैतडीको पात्ताल भुमेश्वर गुफामा मृत फेला परेका ब्यक्तिको लास सशस्त्र प्रहरीको बिशेष टोलीले दोस्रो दिन पनि निकाल्न सकेको छैन ।

पाटन नगरपालिका–१० का ५० बर्षिय भरत बहादुर चन्द एसियाकै गहिरो पात्ताल भुमेश्वर गुफाभित्र मृत फेला परेका थिए ।

गुफाको पछिल्लो भागतिर अत्यन्तै साँधुरो रहेकाले लास बाहिर निकाल्न गाह्रो भएको हो । शसस्त्र प्रहरी बलको उद्धार टोलीले दुई दिनसम्म प्रयास गर्दा समेत लासलाई करीब ७० मिटर जती मात्रै सार्न सकेको छ ।

घिस्रिएर मात्रै प्रवेश गर्न सकिने अवस्था रहेकाले गन्हाएको र सुन्निएको लास गुफा बाहिर निकाल्न कठिन भएको शसस्त्र प्रहरीका प्रहरी निरिक्षक राजेन्द्र कुवँरले जानकारी दिनुभयो ।

गुफाको आधा भागसम्म फराकिलो रहेपनि पछिल्लो भागमा प्रवेश गर्न निकै कठिन रहेको कुवँरले बताउनुभयो ।

बुधवार देखि खटिएको सशस्त्र प्रहरी टोलीले भुकम्पका बेला गरिएको उद्धार प्रयासहरु भन्दा निकै कठिन भएको बताएको छ ।

जिल्लामा रहेको सम्पूर्ण जनशक्तिले गुफाबाट लास निकाल्न नसकिएपछि जिल्ला दैबी प्रकोप उद्धार समितिले शसस्त्र प्रहरीको बिशेष टोली मगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: