Facebook Twitter Google+
DHO

पर्यटकको पर्खाइमा पातालभुमेश्वर (फोटो फिचर)

IMG_2304

घनश्याम सागर पन्त

माघ २१, बैतडी । प्राकृतिक सौन्दर्यले भरिपुर्ण, चारैतिर डाँडाकाँडा, मनमोहक दृष्यहरु संग रमाउँदै पहाड कि रानी भनेर चिनिने पाटनबाट पदयात्रा गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य स्थल हो, पतालाभुमेश्वर । सिउडेबाट गगनचुम्वी हिमाल नियाल्दै जंगलको बाटो भएर पतालाभुमेश्वर पुग्दा स्वर्गमै पुगिएको अनुभूति हुन्छ ।

हिमाली दृश्यावलोकनका लागि पतालाभुमेश्वर उत्कृष्ट मानिन्छ । वरिपरी घनाजंगल रहेको पतालाभुमेश्वर स्वदेशी-विदेशी पर्यटकबीच लोकप्रिय बन्न सक्ने देखिन्छ । छोटो पदयात्राका रुपमा पतालाभुमेश्वरलाई बिकाश गर्न सकियो भने पर्यटकहरुको रोजाई बन्न सक्ने सम्भावना देखिन्छ । पतालाभुमेश्वरमा बढी जसो धार्मिक पर्यटकहरु को रोजाई हुने गर्दछ । पतालाभुमेश्वरमा नेपाली तथा भारतीय पर्यटकहरु आउने गर्दछन ।

‘प्राकृतिक सुन्दरता दुरुस्तै छ, यस क्षेत्रमा प्रशस्त होटलहरु संचालन भए भने यहाँ आउने पाहुनाहरुलाई सजिलो हुने थियो । पाटनबाट माथि सिउडे पुगिसके पछी यहाँका हरेक स्थानबाट हिमाल देख्न सकिन्छ । यो पदमार्गमा हिमाली दृश्यमात्र नभएर सुन्दर पहाडहरु, यहाको घना जंगल को आनन्द लिन सकिन्छ । मौसम सफा भएको बेलामा दार्चुला, बझांगका पुरै हिमाल देख्न सकिन्छ ।

IMG_2112

पतालभुमेश्वर क्षेत्र

धार्मिक महत्व बोकेको यस पतालाभुमेश्वरमा महादेव भगमान को मन्दिर रहेको छ । मन्दिरको छेउमा तलाऊ पनि छ । यस क्षेत्रको मुख्य हेर्नलायक पतालभुमेश्वर गुफा हो । इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनका अनुसार आठ सय मिटरसम्मको अध्ययन गर्दा पातालभुमेश्वर गुफाको गहिराई १६० मिटर रहेको पत्ता लागेको थियो ।

कसरी पुग्ने ?

काठमाडौंबाट प्लेन मा धनगढी पुग्न सकिन्छ । धनगढीबाट सार्वजनिक बसमा बैतडी जिल्लाको पाटन पुग्न सकिन्छ । पाटनबाट २० मिनेट सार्बजनिक साधनको को यात्रा गरि सके पछी सिउडे पुग्न सकिन्छ । सिउडे बाट पदयात्रा गर्दै आधा घण्टा मा यहाँ का सुन्दर पहाड, हिमालय, घना जंगलको दृष्यावलोकन गर्दै पतालभुमेश्वर पुगिन्छ । दिनभरी यस क्षेत्रको अवलोकन गरि सके पछि राति को बासका लागि पाटन झर्नु पर्ने हुन्छ ।

पतालभुमेश्वर गुफा

पतालभुमेश्वर गुफा

IMG_2185

पतालभुमेश्वरको जंगलको एक दृष्य

IMG_2119

पतालभुमेश्वरको जंगलको एक दृष्य

IMG_2101

पतालभुमेश्वरबाट खिचिएको एक दृष्य

IMG_2062

पतालभुमेश्वरबाट खिचिएको एक दृष्य

IMG_2007

पतालभुमेश्वरबाट देखिएको हिमालको दृष्य

IMG_2004

पतालभुमेश्वरबाट देखिएको हिमालको दृष्य

IMG_1992

पतालभुमेश्वरबाट देखिएको हिमालको दृष्य

IMG_2194

पतालभुमेश्वरमा रहेको ताल

तस्वीर : राजेन्द्र तारकिणी

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • ओझेलमा स्वराडको पर्यटन
  • कुहिरोको सहर चन्द्रागिरिबाट… (फाेटाे फिचर)
  • स्वराडमा पर्यटनको सम्भावना
  • असीम-केदारधामको यात्रा : एक अदभुत अनुभव
  • ऐतिहासिक स्थल धौलकाँडाकोट
  • अपिनाम्पा संरक्षण क्षेत्र : पर्यटकको एक गन्तव्य
  • पातालभूमेश्वर : एक रहस्यमय सत्यता
  • पर्यटकको पर्खाइमा पातालभुमेश्वर (फोटो फिचर)