मुसाबाट सर्ने ‘स्कर्ब टाइफस’ रोगको सङ्क्रमण बढ्दै

मा प्रकाशित


इन्द्रसरा खड्का, सुदूरपश्चिमाञ्चल क्षेत्रमा मुसाबाट सर्ने ‘स्कर्ब टाइफस नामको रोगको सङ्क्रमणको समस्या बढ्दै गएको छ । विगत पाँच÷छ महिना यता यस क्षेत्रमा यो रोगको सङ्क्रमणबाट ५६ जना बिरामी भएकामा तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले बताएका छन । यो रोगबाट मृत्यु हुने मध्ये एक जना जनस्वास्थ्य कार्यालय कैलालीका कर्मचारी पनि रहेका छन । सेती अञ्चल अस्पताल धनगढीका वरिष्ठ फिजिसियन डा शुभेषराज कायस्थले उपियाँ, उडुस लागेको मुसाले मानिसलाई टोक्दा यो रोग सर्ने गरेको बताएका छन । रोग लागे पछि बिरामीको आँखा रातो हुने, धेरै ज्वरो आउने, हात खुट्टा दुःख्ने भई समयमै उपचार नपाएमा किड्नी, कलेजोमा असर पार्नुका साथै, रक्तसञ्चार प्रणालीमा जटिलता उत्पन्न गराउने डा कायस्थले बताएका छन । समयमै उपचार भएमा रोगको उपचार सम्भव भए पनि उपचार पाउन नसक्नेको विभिन्न जटिलता उत्पन्न भई मृत्यु समेत हुन सक्ने बताइएको छ । यस क्षेत्रका डडल्धुरा, बैतडी, अछाम, दार्चुला, डोटी जिल्लाको तुलनामा कैलाली, कञ्चनपुर जिल्लामा यो रोगको समस्या बढी देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: