Facebook Twitter Google+
DHO

बिहेमा दाइजो एक रूपैयाँ !

thumb

हाम्रो छिमेकी देश भारत दाइजो प्रथाका लागि कुख्यात नै छ भन्दा फरक नपर्ला । भारतको यस्तो कुप्रथाको प्रभाव हाम्रो दक्षिणी क्षेत्रमा पनि पर्ने गरेको छ र त्यहाँ दाइजोजन्य विभिन्न हिंसा महिलाहरुमाथि हुने गरेका छन् । भारतीय समाजको दाइजो प्रथालाई चुनौति दिँदै भारतमा एक जोडी युवा युवतीले एक रुपैयाँ दाइजो सहित लगन गाँठो कँसेका छन् ।

भारतको हरियाणास्थित इस्माइलावादमा एक युवतीले दाइजो दिएर आफ्नो विवाह गराउने कुराको विरोध मात्र गरिनन् आफ्नो बिहेका सम्बन्धमा आफ्नै बाउआमाको कुरा समेत मानिन् र केवल कन्यादानमा दाइजो स्वरुप एक रुपैयाँ आफ्नो बिहे सम्पन्न गरिन् ।

स्थानीय दानीपुर गाउँ निवासी जसविन्द्र लोहचव लामो समयदेखि आफ्नो छोरी मोनिकाको बिहेको लागि उपयुक्त वरको खोजीमा थिए । एक ठाउँ उनले बिहेको टुंगो पनि गरे जहाँबाट प्रसस्तै दाइजो मागिएको थियो । तर स्नातक उत्तीर्ण मोनिकाले दाइजो दिएर आफ्नो बिहे गर्ने कुरा अस्विकार गरिन् ।

आफुले दाइजो बिना विहे गर्ने उनको अडान थियो । परिवारले उनको यस्तो निर्णयमा असहमती जनाए तर मोनिका निर्णय परिवर्तन गर्ने पक्षमा थिइनन् । अन्ततः मोनिकाले भनेजस्तै भएको छ ।

पन्जाबको जिरकपुरका मनदीप धालिवाल नामका युवक मोनिकालाई विना दाइजो बिहे गर्न राजी भए । गत हप्ता उनीहरुको बिहे भयो ।

स्नातकोत्तर उत्तीर्ण मनदीपलाई बेसार दलेको एक रुपैयाँ भारु दिएर मोनिकाका बाबुले मोनिकाको कन्यादान गरे । २० जना जन्ती आएका थिए बिहेमा । विहे समारोहमा अन्य खर्च पनि निकै कम गरियो र केवल ५ सय भारु खर्चमा बिहे टुंगियो । मोनिका खुसी छिन् । दाइजो नभै बुहारीको रुपमा छोरी खोजेका परिवार आफुलाई मिलेको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • कान र जिब्रा काटिएका ‘सुगा-म्यान’
  • चम्चा डुबाउँदा ठाडै हुने अनौठो चिया
  • ३१ औँला भएको बच्चा जन्मियो
  • स्मार्ट फोनपछि अब आउँदैछ ‘स्मार्ट सुज’
  • समाधिबाट ८ दिनपछि उठे बाबा
  • पहिलोपटक गाईले दुइ बाच्छा जन्माए
  • अन्तरीक्षमा पहिलोपटक फूल फुल्यो
  • बिहेमा दाइजो एक रूपैयाँ !