Facebook Twitter Google+ Google+
DHO

पहिलोपटक गाईले दुइ बाच्छा जन्माए

thumbAdvertise Here

भगीरथ अवस्थी, बैतडी, १२ माघ बैतडीमा एक किसानले पालेको गाईले दुइओटा बाच्छा जन्माएको छ । श्रीकोट गाविस २ खिरेगाउ का राम सिंह बिष्टले पालेको गाईले एकैपटक दुई बच्छा जन्माएको हो । गाईले जन्माएको दुई बाच्छा मध्ये एक बाच्छा र एक बाच्छी जन्माएको स्थानिय कृष्ण बिष्टले जानकारी दिनुभयो । सामान्यतयाः गाई, भैसीले एउटा मात्र बच्चा जन्माउँने गर्छन तर रामले पालेको गाईले दुई वटा बाछा जन्माएको हो । रामले पालेको गाईले मंगलबार दुई वटा बाछाको जन्माएको बिष्टले बताउनुभयो । मंगलवार ब्याएको गाई र बाच्छाको अवस्था सामान्य रहेको बताईएको छ। हाल रामले पालेको गाईको बच्चालाई हेर्नका लागि स्थानियको घुईचो लागेको छ । पशु चिकित्सक नारायण दत्त भट्टले बैतडी जिल्लामै यो पहिलो भएको बताउनुभयो ।उहाले भन्नुभयो “दुई बाच्छा जन्मीनु कुनै आश्चर्य नभएको र जीनका कारणले कहिलेकाही यस्तो हुने गर्दछ” । पेटमा बच्चा विकास हुने क्रममा कोष विभाजित हुँदा यस्तो घटना हुने गर्ने समेत उहाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • श्रीमतीको तस्वीर देखेपछि लोग्नेले मागे डिभोर्स
  • कान र जिब्रा काटिएका ‘सुगा-म्यान’
  • चम्चा डुबाउँदा ठाडै हुने अनौठो चिया
  • ३१ औँला भएको बच्चा जन्मियो
  • स्मार्ट फोनपछि अब आउँदैछ ‘स्मार्ट सुज’
  • समाधिबाट ८ दिनपछि उठे बाबा
  • पहिलोपटक गाईले दुइ बाच्छा जन्माए
  • अन्तरीक्षमा पहिलोपटक फूल फुल्यो