Facebook Twitter Google+
DHO

तीन सय बढी घरमा सौर्य ऊर्जाबाट उज्यालो

thumb

१८ पुस, कञ्चनपुर । तीन वर्षअघि गाउँमा पुर्याइएका विद्युत्का पोल गाड्न नपाउँदै थन्क्याइएपछि कञ्चनपुरको पिलरीफाँटाका बासिन्दाले घरघरमा सौर्यऊर्जा जडान गरेका छन् ।

विद्युत्का पोल नगाडिएपछि स्थानीय बासिन्दाले विकल्पका रुपमा सौर्यऊर्जा जडान गरी गाउँलाई उज्यालो पारेका हुन् । बस्तीका ५०० परिवारमध्ये ३०० परिवारले उज्यालोका लागि सौर्यऊर्जा जडान गरेको स्थानीय तिलक जप्रेलले बताए ।

‘अनुदानमा ३ हजार खर्चेर गाउँका सबैजनाले घरघरमा सौर्यऊजा जडान गरेका छन्,’ उनले भने । सौर्यऊर्जा जडान गरेपछि विद्युत् भार कटौतीको समस्या र मोबाइल चार्ज गर्न नजिकैका गाउँमा पैसा तिर्नुपर्ने झन्झट हटेर गएको उनले बताए ।

विगतमा उज्यालोको व्यवस्था नहुँदा बालबालिकालाई रातिका बेला मट्टितेलको बत्ती बालेर पढाउन बाध्य थियौँ जस्मा धामीले भने- बत्तीको धुवाँका कारण बालबालिकामा श्वासप्रश्वासको समस्या बढ्दो थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • सुनचाँदीको भाउ बढ्यो
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल लिटरको ९९ रुपैयाँ
  • तीन सय बढी घरमा सौर्य ऊर्जाबाट उज्यालो
  • के तपाई स्मार्टफोनको लत छुटाउन चाहनुहुन्छ?