झमकलाई दोस्रो लैनसिंह वाङ्देल पुरस्कार

मा प्रकाशित


मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई ‘दोस्रो लैनसिंह वाङ्देल पुरस्कार’ प्रदान गरिएको छ ।

वाङ्देलको ९१औँ जन्मजयन्तीको अवसरमा आज धनकुटामा एक कार्यक्रमको आयोजना गरी भारतको कोलकत्तास्थित लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठानले घिमिरेलाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गणेश प्रधानले १० हजार एक नगद राशिको उक्त पुरस्कार घिमिरेलाई प्रदान गरे । मदन पुरस्कार विजेता सहित्यकार घिमिरेलाई पुरस्कृत गर्न भारतको कोलकत्तादेखि प्रतिष्ठानको टोली धनकुटा आइपुगेको हो ।

यसअघि उक्त पुरस्कार दार्जिलिङका राजनारायण प्रधानलाई प्रदान गरिएको थियो ।  पुरस्कृत भएपछि साहित्यकार घिमिरेले लिखित मन्तव्यमार्फत साहित्यमा आफूले सबैभन्दा मन पराएका थोरै व्यक्तिमध्येका वाङ्देलको स्मृतिमा स्थापित पुरस्कार पाउँदा खुसी लागेको बताइन् ।

धनकुटा नगरपालिका–३ कचिडे स्थायी घर भएकी साहित्यकार घिमिरे शारीरिक रुपमा अशक्त भएर पनि खुट्टाको सहायताले साहित्य सिर्जना गर्दै आएकी छन् । बोल्नसमेत नसक्ने घिमिरेले कार्यक्रममा पनि खुट्टाले नै मन्तव्य लेखेर पढ्न लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: