Facebook Twitter Google+ Google+
DHO

स्थानीय तह निर्वाचनमा ६ अर्ब ३० करोड ४६ लाख खर्च

sthaniya-chunabAdvertise Here

काठमाडौँ, ३ साउन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म ६ अर्ब ३० करोड ४६ लाख रुपैयाँ खर्च भएको जनाएको छ।

सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई १० अर्ब २८ करोड रकम उपलब्ध गराएको थियो।

निर्वाचनका लागि प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७३/७४ मा खर्च हुन बाँकी रहेको  तीन अर्ब सरकारलाई नै फिर्ता पठाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयलाई तीन अर्ब १२ करोड ५१ लाख ९९ हजार र क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयलाई हालसम्म एक अर्ब ३१ करोड २३ लाख ७० हजार निकासा भएको आयोगले जनाएको छ।

क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालयलाई ७६ लाख ७५ हजार र गृहमन्त्रालयलाई  दुई करोड ६६ लाख ५८ हजार निकासा भएको पनि आयोगले जनाएको छ।

त्यस्तै निर्वाचन आयोगबाट स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म एक अर्ब ५५ करोड ६५ लाख ६० हजार खर्च भएको जनाएको छ।

निर्वाचन आयोगको केन्द्रबाट मतपत्र छपाई, मतपेटिका खरिद, मतदाता परिचयपत्र छपाइ, मतदाता शिक्षा, कर्मचारीको भत्ता, तालीम, मसी, ढुवानीलगायतका शीर्षकमा रकम खर्च भएको थियो।

स्थानीय तह निर्वाचनका लागि भारतले केही यातायाताका साधन र चीनले विभिन्न ११ प्रकारका निर्वाचन सामग्री सहयोग स्वरुप उपलब्ध गराएको थियो। सरकारले निकासा गरेको बजेटमध्ये एक अर्ब २५ करोड ४५ लाख बाँकी रहेको आयोगले जनाएको छ।रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • सुरु भयो बडादसैं : आज घटस्थापना
  • दसैंको अवसरमा टेलिकमको छुट सुविधा
  • तेस्रो चरणको निर्वाचन : १३५ स्थानीय तहमा मतगणना जारी
  • प्रधानमन्त्री देउवा न्यूयोर्क प्रस्थान
  • असोज २० गतेदेखि पुन: अनशन बस्ने डा. केसीको घोषणा
  • प्रदेश २ मा निर्वाचन सम्पन्न, ७३ प्रतिशत मत खस्यो
  • सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान
  • दुई नम्बर प्रदेशमा चुनाव भोलि, सम्पूर्ण तयारी पूरा