Facebook Twitter Google+ Google+
Dipawali
DHO

अन्तरीक्षमा पहिलोपटक फूल फुल्यो

thumbAdvertise Here

अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशनमा पहिलो पटक फूल फुलाइएको छ । अमेरिकी अन्तरीक्ष संस्था नासाका अन्तरीक्ष यात्री स्कट केलीले टि्वट मार्फत यस्तो जानकारी गराएका हुन् । अन्तरीक्ष केन्द्रमा रहेका वैज्ञानिकहरुले लामो समयदेखि फूल फुलाउने कार्यमा जुटिरहेका थिए र हालै यो सफलता प्राप्त गरेका छन् । स्मरण रहोस्, अन्तरीक्ष स्टेशनमा यसअघि नै गोभी फलाइसकिएको छ ।

अन्तरीक्षयात्री स्कट केलीले आफ्नो टि्वटमा अन्तरीक्षमा फुलेको फूलको तस्वीर समेत पोष्ट गर्दै भनेका छन्: अन्तरीक्षमा पहिलोपटक फूल फुलेको छ । उनको एक अर्को टि्वटमा अन्तरीक्षमा जिवनको अन्य रुप पनि रहेका बताएका छन् ।

आजकल इन्टरनेसनल स्पेस स्टेसनमा सागसब्जी तथा अन्य खाले वनस्पतीहरु उमार्ने र हुर्काउने विभिन्न प्रयोग भैरहेका छन् । गत वर्ष त्यहाँ सफलतापूर्वक गोभी उमारेर हुर्काइएको थियो । गोभी फक्रिएसँगै त्यसलाई टिपेर फ्रिजमा राखिएको थियो । पछि उक्त गोभीमा वैज्ञानिक परीक्षण गर्दा त्यो खानका लागि योग्य भएको पुष्टि भएको थियो । त्यो सँगै गत अगष्ट महिनामा अन्तरीक्षयात्रीहरुले पहिलोपटक अन्तरीक्षमै फलाएको तरकारी खाएका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • श्रीमतीको तस्वीर देखेपछि लोग्नेले मागे डिभोर्स
  • कान र जिब्रा काटिएका ‘सुगा-म्यान’
  • चम्चा डुबाउँदा ठाडै हुने अनौठो चिया
  • ३१ औँला भएको बच्चा जन्मियो
  • स्मार्ट फोनपछि अब आउँदैछ ‘स्मार्ट सुज’
  • समाधिबाट ८ दिनपछि उठे बाबा
  • पहिलोपटक गाईले दुइ बाच्छा जन्माए
  • अन्तरीक्षमा पहिलोपटक फूल फुल्यो